१२ असार, पोखरा। पोखराको फेवातालमा बुधबार दिउँसो माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१८ खपौंदीस्थित फेवातालमा बागलुङका ३३ वर्षीय सुकबहादुर मगर माछा मार्ने क्रममा डुबे। घटनाको खबर प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो।
सुकबहादुरलाई ५ बजेर २१ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइयो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले यसबारे जानकारी दिएका छन्।







