गोपी मैनालीको युगकवि सिद्धिचरण:कृति र प्रवृत्ति विश्लेषण नामक सातौं कृति मेरो हात परेको छ।यसभन्दा अगाडि उनका छवटा कृतिहरु निस्केका थिए।प्रशासन र सुशासन नामक कृति २०६८ सालमा निस्केको थियो।यो समालोचना सङ्ग्रह २०६८ सालमा प्रकाशित भएको छ।लेखक मैनालीको अवसाद अभिनयी नामक निबन्धसङ्ग्रह २०४० सालमा पहिलो कृतिको रुपमा निस्केको थियो।यसभित्र उनले लेखेका नेपाली कवितामा युगकविको उपस्थिति, युगकविसँग अन्य कविको तुलना,उर्वशी खण्डकाव्यको विश्लेषण,शोककाव्यका रुपमा विश्वब्यथा लगायत विभिन्न शीर्षकका समालोचनात्क लेखहरु समावेश गरिएका छन्।नेपाली काव्य साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठ युगको अभिव्यक्ति,देश,काल समाजको उद्बोधन र जीवन शिक्षा दिने अद्वितीय प्रतिभा हुन्।हुनत महान कविहरुमा आआफ्नै विशेषता र विशिष्ठता रहेको पाइन्छ तर युगकवि सिद्धिचरण जीवनलाई सरल,हृदयस्पर्शी र प्रभावकपरक रुपमा प्रस्तुत गर्न औधी सिपालु छन् यस पुस्तकका लेखक मैनालीले भनेका छन्।
सगरमाथा अञ्चलको ओखलढुंगा जिल्लामा जन्मिएका युगकवि सिद्धिचरणले मेरो प्यारो ओखलढुंगा ज्यादै मिठो गीत लेखेर स्वरसम्राट नारायणगोपालले गायका छन् ।बेला बेलामा रेडियोबाट सो गीत सुन्न पाइरहन्छौ।२०७२ साल पुष महिनामा ओखलढुंगामा नमस्ते साहित्य परिषद्ले पहिलोपटक साहित्यिक कार्यक्रम गर्दा मलाई सम्मान ग्रहण गर्न निम्तो गर्दा पुगेको थिए।ओखलढुंगाको रुम्जाटारमा हामीलाई सम्मान गर्दा सिद्धिचरण श्रेष्ठलाई सम्झन पुगेको थिए।सिद्धिचरण स्वच्छन्दताका सहायक रुपमा सौन्दर्यमूलक कही प्रणय परम र कही साङ्गीतिक गेयतालाई आत्मसात गर्दै सहज प्रतिभाको उच्छलन गर्दछन्।शिष्टता सिद्धिचरणमा प्रष्ट अस्तित्वमा देखा पर्दैन भनिएको छ।
युगकवि सिद्धिचरण श्रेष्ठ स्वच्छन्दतावादी कविता भित्रयाउने कविका रुपमा चिनिन्छन्।युगकविको कविता यात्रासँगै प्रायशः कथा उपन्यास क्षेत्रमा देखापर्दै आएका सिद्धहस्त कवि भवानी भिक्षु पनि शोककाव्य रीतिमा एकपटक भेटिन्छन् रे।उनको इष्टताको परिहरण पनि प्रियतमको निधन नै हो भनिएको छ।युगकवि कवितामा युगयुगान्तरको आग्रह गर्ने भएकाले कवितात्मक मूल्य हुबहु कायम गर्न पुग्छन् भने भिक्षुका कवितामा बौद्धिकताको अस्रल्ल निर्वाह छ रे।भनिन्छ साहित्य समाजको ऐना हो।समाजका विविध प्रवृत्तिलाई उजागर गर्नमा साहित्य केन्द्रित रहन्छ।
युगकविको विद्रोहको स्वर प्रतीक यथार्थमा लेखनाथ वा देवकोटाभन्दा प्रष्ट आक्रामक र जाज्वल्य छ।प्रतीक योजन र बिम्ब संयोजन क्रान्तिका समयमा गर्नैपर्ने वाध्यता हाम्रा कविहरुमा थियो।समालोचक ताना शर्मा युगकविका कवितामा न कुनै कला देख्छन् न कुनै प्रतिभा नै।कविता परिश्रमले मात्र कुनै कुरा होइन यसका निमित्त प्रतिभाको आवश्यकता पर्दछ र पर्याप्त ज्ञान चाहिन्छ ।युगकवि सिद्धिचरण श्रेष्ठमा प्रतिभा पनि छैन र कविता लेख्ने ज्ञान पनि छैन। यस उद्धरणबाट हामी भन्न सक्छौ कि युगकविको कवित्वमा अवमूल्यन र अधिमूल्यनको परम्परा छ भनिएको छ।प्रतिभा भन्ने कुरा परिश्रमभन्दा नितान्त वेगल हो,ज्ञानले मात्र होइन हृदयले कविता लेखिन्छ।त्यसको शिल्पगत परिष्कृतिमा मात्र ज्ञान र परिश्रम तत्व निर्वाहले गर्दछ यस कृतिका लेखक मैनालीले भनेका छन्।
मेरो प्रतिबिम्ब युगकविको चर्चित कविता हो रे।यस कवितामा कविले युगचेतनालाई पर्याप्त वरण गरेका छन्।कविता २००५ सालतिरको हो प्रकाशन शारदामा २००६ तिर भए तापनि।यो लेखन समय नै भय र सन्त्रस्तताको थियो, क्रुरता र दमनको थियो भनेर लेखिएको छ।युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली काव्य सिर्जनाका त्यस्ता व्यक्ति हुन् जसको प्रवृत्ति तथा सिर्जनाका विषयमा धेरै चर्चा गरिदै आएको छ।उनी मरेर गए पनि उनका कविताले गर्दा उनी सधैँभरी नै अमर रहिरहनेछन्।युगकविका प्रमुख काव्य प्रवृत्ति शीर्षकभित्र क्रान्तिबिना हुँदैन शान्ति भनी पहिलो पटक कविता मार्फत् क्रान्तिको बिगुल फुक्ने क्रान्तिकारी कवि सिद्धिचरण श्रेष्ठको समाज व्यवस्थाप्रतिको गुरुत्तर दृष्टिले गर्दा नै उनमा क्रान्तिकारिताको स्वर हुर्किएको हो भन्न सकिन्छ रे।कवि रोमान्टिक यात्राको आत्मभिव्यञ्जनामा नितान्त व्यक्ति सत्तावादी देखिन्छन् भने क्रान्तिका समयमा सम्पूर्ण रुपमा मानवियता मानव स्व र समष्टिगत धारणाको सचेत विकासले गर्दा उनी समाजवादी बनेका छन् भनेर लेखिएको छ।जीवन अनुभूतिको यथार्थ टिपोट कवि सिद्धिचरणले यसरी गर्न पुगे।
मीठो खान र राम्रो लाउन
पुस्तक च्यापी डटेर हिँड्न
बाबु तिमीले पाउन्नौ है
मानिस नै हौ तर कुक्कुर नै वन,
तिम्रो बासित पैसा छैन।
मानवीय वेदनाको यथार्थ अनुभूति र नैतिक पीडाबोध त्यहाँको अश्रुत स्वरले भरिएका यसप्रकारका अभिव्यक्तिले सामाजिक व्यवस्थाको विसङ्गति,विषमता र अभावप्रति प्रष्ट सङ्केत गरेको छ यसभित्र लेखिएको छ।कवि सिद्धिचरण कविता चरित्र र विषय सन्दर्भ जनजीवनका सामान्य सतहबाट टिप्ने गर्दछन्।मानवता र नैतिकता जस्ता कुरा पनि आजको विश्वमा आर्थिक सम्पन्नताको मापोले नाप्ने गरिन्छ,माया र प्रेमको मापो पनि धनसम्पत्ति हो भने जीवनका अपरिहार्य आधार, चेतना, ज्ञान र प्रतिष्ठा आर्जन जस्ता कुराहरुमा पैसाको महत्व अतिव रहनु स्वाभाविक हो भनेर मैनालीले लेखेका छन्।उनको समालोचना लेख्ने शैली सरल र बोधगम्य छ।नेपाली साहित्यमा उनको लेखनशैलीले विशिष्ट स्थान निर्माण गर्ने विश्वास व्यक्त गर्दै अन्त्यमा उनको अरु नयाँ कृतिहरु जन्मन सकोस् भन्ने अपेक्षा राख्दछु।
कृतिः युगकवि सिद्धिचरण:कृति र प्रवृत्ति विश्लेषण
विधाः समालोचना
लेखकः गोपी मैनाली
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान
संस्करणः प्रथम २०६८
मूल्यः रु.१७५।–
पृष्ठः १३७ सामाखुशी मार्ग,सरकारी धारा,काठमाडौं,
मोबाइल नम्बर ९८४१७९७६६४,९७४९७२०१३०
फोन नं. ४३५३४१२,४३५३५९४
व्यक्तिगत–विवरण
वास्तविक नामः– अरुणबहादुर खत्री
साहित्यिक नामः– अरुण नदी खत्री
जन्म मितिः– २०२४ साल वैशाख १४ गते बिहीबार
बाजेको नामः– स्व. सेनानी बलिन्द्रबहादुर खत्री
पिताको नामः– स्व. प्रमुख सेनानी मीनबहादुर खत्री
माताको नामः– स्व. मिठु खत्री
हालको ठेगानाः– सामाखुसी मार्ग, ९३५÷५४, वडा नं. २९, काठमाडौं (नेपाल)
टेलिफोन नंः– ४३५३५९४ मोबाइल नम्बरः– ९८४१७९७६६४
शैक्षिक योग्यताः– बि.वि.एस.
पेशाः– निजामती सेवा
संलग्नताः– संरक्षकः– कुसुमाकर साहित्यिक त्रैमासिक पत्रिका, महोत्तरी
टुक्का काव्य परिवार
सचिवः– सामाखुसी साहित्य समाज
वरिष्ठ सल्लाहकारः– हाम्रो मझेरी राष्ट्रिय साहित्यिक विविध पत्रिका, चितवन
बसन्त पल्लव साहित्यिक द्वैमासिक पत्रिका, रामेछाप
सल्लाहकारः– गाउँबेसी साहित्यिक त्रैमासिक पत्रिका, जाजरकोट
पारिजात राष्ट्रिय साहित्यिक पत्रिका, कञ्चनपुर
दियालो साहित्यिक द्वैमासिक लघु पत्रिका, रोल्पा
शिशिर बसन्त प्रकाशन समूह, कोपिला साहित्यिक पत्रिका, कैलाली
संयोग साहित्यिक द्वैमासिक, रत्नराधिका साहित्य परिषद्, ललितपुर
साहित्य गंगा त्रैमासिक, दार्चुला, हरफ साहित्यिक पत्रिका, तनहूँ
गजल मञ्जरी त्रैमासिक पत्रिका, बर्दिया,
वाना साहित्य मञ्चको चम्किला ताराहरु साहित्यिक पत्रिका
आजीवन सदस्यः– गुञ्जन त्रैमासिक, भाग्योदय साहित्यिक द्वैमासिक, कैलाली
पुष्पाञ्जली गजल प्रधान पत्रिका, चितवन, संगम द्वैमासिक, इलाम
पल्लव साहित्यिक पत्रिका, चितवन, अकाल–कुसुम साहित्यिक त्रैमासिक,
प्रज्ञापन त्रैमासिक, जनमत मासिक पत्रिका, बालक त्रैमासिक बालपत्रिका
गुराँस द्वैमासिक साहित्यिक विविध पत्रिका, चिचिला मासिक बालपत्रिका,
प्यास गजल प्रधान पत्रिका महाकाली अञ्चल, बिमोचन मासिक पत्रिका,
कोशीश साहित्यिक मासिक, चितवन
हिमायती साहित्यिक पत्रिका, नवलपरासी
पश्चिमाञ्चल विकास मञ्च, म्हय्पि संरक्षण तथा व्यवस्थापन समिति, म्हय्पि
मर्निङ्ग स्टार सेकेण्डरी बोर्डिङ्ग स्कूल, सामाखुसी
वरिष्ठ सदस्यः– पाल्पाली साहित्य समाज, पाल्पा, दीप साहित्यिक पत्रिका, गोरखा
संयोजकः– चाँदनी साहित्यिक पत्रिका, पाँचथर, पाईला साहित्यिक पत्रिका, काठमाडौं
व्यवस्थापकः– चम्पक मासिक पत्रिका
सदस्यः– नयाँ गोरेटो नेपाल, काठमाडौं, नवनीत साहित्य सागर, पोखरा
उद्गम साहित्य समाज
अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन (महाकवि देवकोटा शताब्दी महोत्सव)
प्रतिनिधिः– शब्दाङ्कुर साहित्यप्रधान मासिक पत्रिका, काठमाडौं
द भ्वाइस रेडियो पत्रिका, स्याङ्जा,मातृभूमि त्रैमासिक पत्रिका, मकवानपुर
आस्था गजल प्रधान पत्रिका, कञ्चनपुर,स्वरलहरी त्रैमासिक पत्रिका, स्याङ्जा
अञ्चल प्रतिनिधिः– केवलपुर भित्ते पत्रिका,धादिङ,साहित्यकिरण त्रैमासिक, बारा
विशेष सहयोगीः– बनिता साहित्यिक पारिवारिक त्रैमासिक, दोभान राष्ट्रिय त्रैमासिक,
अयन साहित्यप्रधान मासिक, युगान्तर साहित्य चौमासिक,नुवाकोट,
कल्पतरु साहित्यिक त्रैमासिक, अक्षर साहित्यिक चौमासिक, मकवानपुर,
अन्तरिक्ष हाइकु मासिक, नवप्रतिभा साहित्यिक द्वैमासिक, म्याग्दी,
चम्पक मासिक पत्रिका, निर्झर साहित्यिक पत्रिका, भानु साहित्यिक पत्रिका,
सगर उत्कृष्ट साहित्यिक पत्रिका, वीरगंज, शिवपुरी सन्देश त्रैमासिक,
ज्योति साहित्यिक पत्रिका, अभिव्यक्ति द्वैमासिक, रचना द्वैमासिक,
सुगन्ध साहित्यिक पत्रिका, प्रतिक्षा साहित्यिक पत्रिका, साहित्यसागर त्रैमासिक,
चैतन्य ज्योति, दिव्याकाश पत्रिका, दायित्व साहित्य मासिक, नाद–विन्दु पत्रिका,
अनामिका साहित्य विविध, नवलपरासी, हिमाली गुराँस साहित्यिक पत्रिका,
सिउँडी अर्धवार्षिक, पोखरा, समय–प्रवाह त्रैमासिक, नारीस्वर त्रैमासिक
मनोभाव साहित्यिक त्रैमासिक, मजबुन साहित्यिक त्रैमासिक,
अक्षलोक साहित्यिक पत्रिका, शब्द संयोजन साहित्यिक पत्रिका,
शब्द यात्रा साहित्यिक पत्रिका, साहित्य–कुसम द्वैमासिक, मकवानपुर
पुरस्कार÷सम्मानः– युवा, खेलकूद तथा संस्कृति मन्त्रालयबाट उत्कृष्ट कार्य गरे वापत
तीन ग्रेड थप पुरस्कार २०५४ श्रावण महिना
प्रोत्साहन साहित्यिक हवाई पत्रिका, उदयपुर २०५५
भूमिसुधार तथा व्यवस्थापन विभागबाट नगद पुरस्कार २०५७
नवप्रतिभा साहित्यिक हवाई लघुपत्रिका, म्याग्दी २०६०
सामाखुसी साहित्य समाजबाट सम्मानित २०६०
भूमिसुधार तथा व्यवस्थापन विभागबाट सम्मानित २०६०
सम्मानपत्र रत्नराधिका साहित्य परिषद २०६१
प्रशंसा–पत्र हाम्रो मझेरी राष्ट्रिय साहित्यि विविध पत्रिका २०६१
कदर–पत्र भूमिसुधार तथा व्यवस्थापन विभाग २०६१
प्रमाण–पत्र भूमिसुधार तथा व्यवस्थापन विभाग २०६२
प्रशंसा–पत्र काठमाडौं हेल्थ सर्भे मे २७, २००२
नारी साहित्यकार गंगा पौडेलबाट सम्मानित २०६६
प्रशंसा–पत्र २०६७ जनपुकार राष्ट्रिय साप्ताहिक
महाकवि देवकोटा शताब्दी स्वर्णपदक २०६७
प्रशंसा–पत्र २०६८, विकासका लागि संयुक्त पहल नेपाल
कदर–पत्र २०६८, दोस्रो राष्ट्रव्यापी मुक्तक प्रतियोगिता
प्रमाण–पत्र २०६८, सामाखुशी सामुदायीक क्लिनिक
अन्तर्राष्ट्रिय स्तरको युवा शान्तिदूत सम्मान सन् २०१२
तन्नेरी विशिष्ट सम्मान, २०६८
विकासका लागि संयुक्त युवा सम्मान, २०६९
प्रज्ञाचक्षु साहित्य सम्मान, २०६९
खप्तड न्यूज कदर–पत्र, २०७०
हाम्रो मझेरी प्रतिभा सम्मान– २०७०
द युनिभर्सल टाइम्स सम्मान– २०७०
महामण्डल युवा प्रतिभा सम्मान– २०७१
बी.डी. त्यागी हीरक जयन्ती सम्मान– २०७१
कबा उत्कृष्ट समाचार सम्मान– २०७१
नमस्ते साहित्य परिषद् ओखलढुंगा प्रशसापत्र– २०७२
सनातन धर्म सेवा समिति अभिनन्दनपत्र– २०७२
युगान्तर पुरस्कार– २०७४
काव्य घर झापा प्रदेश नं. १ सम्मानपत्र– २०७५
कमला–राजबहादुर सामाजिक सेवा गुठी सम्मानपत्र– २०७६
भद्रकुमारी घले सेवा पुरस्कार– २०७६
बालसाहित्य प्रतिष्ठान उत्कृष्ट समीक्षक पुरस्कार– २०७७
नेपाली साहित्यकार विश्व सञ्जाल विश्व काव्य यात्रा प्रशंसापत्र– २०७८
नमस्ते आधुनिक लघुकथा मञ्च सम्मानपत्र– २०७८
संसाक अनामणि समीक्षा सम्मान– २०७८
दुर्गादेवी–चन्द्रनाथ उत्कृष्ट लेखन पुरस्कार– २०७८
कार्यरत कार्यालयः– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,
प्रमाणीकरण नियन्त्रकको कार्यालय, अनामनगर, काठमाडौं ।
पदः– शाखा अधिकृत, रा.प. तृतीय श्रेणी
इमेलः– [email protected]