• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु


  •    अभियान हाम्रो डट कम / बिहिबार, मङि्सर १४, २०८०  

  • पोखरा/मंसिर ।

    पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् ।संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्र/छात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् ।

    प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

    वेलननले शिलसिला लाई ६–० र पिनाकललाई टाइव्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा शुरक्षित गरेको हो । त्यस्तै एकताले टाइव्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको छ । फुटबलको सेमीफाइनल खेल भोली सञ्चालन हुने आयोजकले जनाएको छ ।

    त्यस्तै मावी छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङलिश सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र शिलसिला चौथो भएको छ । कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो ।

    आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिएका छन् । कबड्डी छात्रतर्फ ६ र छात्रा तर्फ ५ गरि कुल १२ खेलहरु सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ ।

    खेल महोत्सव अन्तर्गत बिहिबार मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबलको सेमीफाइनलका खेल र आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डीका खेलहरु जारी रहने युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन भोली १४ गते बिहिबार पोखरा रंगशालामा हुनेछ । जस अन्तर्गत एथलेटिक्सका खेल संगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए ।

    प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन्  । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.