फाइल फोटो
मकवानपुरमा यही मङ्सिर ८ गते मान्छे माथि आक्रमण गर्ने माघको खोजी गर्ने क्रममा अर्को एकजनाको शव फेला परेको छ।
बाघको खोजतलास गर्ने क्रममा आइतबार बेलुकी ५ बजे मकवानपुरको मनहरी गाउपालिका ६ स्थित राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको हो।
सोही स्थानमा मङ्सिर ८ गते घाँस काट्न पुगेका चितवन राप्ती नगरपालिका १ दुबी चौर का ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमण बाट घटना स्थलमै मृतु भएको थियो। चितवन राष्ट्रिय निकुञ्ज पोस्ट सुनाचुरी बाट नेपाली सेनाको टोली र रेञ्ज पोस्टको टोली ४ वटा हात्ती सहित बाघको खोज तलासमा गएको थियो।
सोही टोलीले आइतबार थप अर्को शव फेला पारेको हो।
हाल शवको सनाखत भैसकेको छैन कम्मरको भाग भन्दा मुनि मात्र रहेको र कम्मरको भाग भन्दा माथिको भाग हड्डी मात्र रहेको १ पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) लक्ष्मी भण्डारीले जानकारी दिनु भयो। उहाँको अनुसार शव पोस्ट मार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको छ।
निकुञ्जको टोलीले मानिस माथि आक्रमण गर्ने बाघलाई आइतबार राति करिब १२ बजे नियन्त्रणमा लिएको छ। टोलीको नियन्त्रणमा रहेको बाघलाई बन्यजन्तु केन्द्र चितवन पठाइएको डीएसपी भण्डारीले बताउनु भयो।








