नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ रहेको छ । यस्तैगरी, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेर १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।








