ललितपुर्
गोदावरीमा लकडाउनले समस्यामा परेका ८१ घरपरिवारलाई बौंद्ध धर्म गुरु क्याब्जे गेढक रेन्पोर्छेबाट खाद्यान्न वितरण ललितपुर । कोभिड -१९ का कारण नेपाल सरकारले गरेको लकडाउनले समस्यामा परेका गोदावरी नगरपालिका वडा नं.गोदावरी,नहर,खरे,चाइना कोरी लगायतका ८१ घरपरिवारलाई बौंद्ध धर्म गुरु एवं गोदावरी जोक्छेन गुम्बाका प्रमुख क्याब्जे गेढक रेन्पोर्छेबाट प्रति परिवार एक/एक बोरा प्राप्त खाद्यान्न सोमबार स्थानीय समाजसेवीहरु राजु थिङ,सुर्य तामाङले वितरण गर्नु भएको छ । बौंद्ध धर्म गुरु रेन्पोर्छेले केही दिन अघि सिन्धुपाल्चोक हेलम्बु,मेलम्चीका बाढी पहिरो पीडित परिवारहरुलाई पनि खाद्यान्न वितरण गर्नु भएको समाजसेवी राजु थिङले गोर्खाली रेडियोलाई बताएका छन् ।
साभार रेडियो गोर्खाली पोखरा