नेकपा एमालेमा केपी ओली गुटभित्र चरम असन्तुष्टि बढ्न थालेको छ ।ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सो समूहका केही नेताहरु बालुवाटार आउजाउ नै बन्द गर्न थालेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीका निर्णयप्रति अदालतमा रिट पर्ने र अदालतले धेरैजसो फैसलामा अन्तरिम आदेश दिन थालेपछि सो समूहमा झन् असन्तुष्टि र विद्रोहसमेतको चेतावनी आउन थालेको बुझिएको छ ।

माओवादी छाडेर एमाले बन्न पुगेका नेतालाई बढी विश्वास गरेको, जसपाको महन्थ ठाकुर समूहलाई हैसियतभन्दा बढी अवसर र विश्वास दिएको, नियुक्ति र सरुवा बढुवामा आफ्नै गुटभित्र पनि सल्लाह नगरेको भन्दै ओली समूहमा असन्तुष्टि बढेको एक नेताले बताए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र भनिएका सुवासचन्द्र नेम्वाङ, ईश्वर पोख्रेल, विष्णु पौडेलको समेत कुरा सुन्न छाडेको आरोप पार्टी नेताहरुले लगाएका छन् ।







