स्वास्थ्यकर्मी आन्दोलनले आकस्मिक बाहेकका सबै सेवा प्रभावित हुँदा बिरामीहरू मर्कामा परेका छन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चितताको माग गर्दै असोज ११ गतेदेखि सुरू गरेको आन्दोलनका कारण नीजि तथा सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा प्रभावित बनेका छन् ।
बैजनाथ गाउँपालिकाकी मनमाया बिकले उपचारका लागि खर्चको जोहो गरेर उपचारका लागि आए पनि उपचार गराउन नपाएको बताउनु भयो । बर्दिया जिल्लाबाट आउनु भएकी सरिता थारूले आज रिपोर्ट देखाउनु पर्ने भए पनि हिजोको रिपोर्ट देखाउन नपाएको गुनासो गर्नु भयो । “भोली सम्म रोकौँ भने डाक्टर आउने नआउने निश्चित छैन । उहाँले भन्नु भयो ।

विभिन्न बहानामा चिकित्सकमाथि पटक पटक आक्रमण हुन थालेपछि देशै भरीकै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी शान्तिपूर्ण विरोध कार्यक्रम कार्यक्रममा ऐक्यबद्धता जनाएको बताउनु भयो । स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा प्रति सरकार जिम्मेवार हुन, लोकसेवाबाट दरबन्दी कायम गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नु पर्ने माग रहेको भेरी अस्पतालका डा.राहुल कुर्मीले बताउनु भयो ।
चिकित्सक, स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाही गर्न नसक्दा त्यसखालका अपराधिक क्रियाकलाप बढ्दै गइरहेकोको अन्दोलनरत पक्षको भनाइँ रहेको छ । नेपाल चिकित्सक संघ, भेरीका अध्यक्ष डा. विनोद थापाले स्वास्थ्यकर्मी र सरकारबिच मितव्यता र समन्वयको अभाव भएको बताउँदै सरकारले आन्दोलनमार्फत माग पुरा गर्नुपर्ने बताउनु भयो ।









