• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान

"७० प्रतिशतलाई बचाउन सकिन्थ्यो "

  •    संवाददाता/ बिहिबार, असोज ११, २०८०  

  • सन् २०२० मा क्यान्सरजस्तो घातक रोगबाट विश्वभर ५३ लाख जनाले ज्यान गुमाएका छन्। द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित चिकित्सा अध्ययनमा २०२० मा ५३ लाख जनाले अनाहकमा ज्यान गुमाएको उल्लेख छ। मृत्यु हुनेमा २९ लाख पुरुष र २३ लाख महिला छन्। २३ लाख महिलामध्ये करिब १३ लाखको मृत्यु तमाखु, मदिरा, मोटोपन र संक्रमणका कारण भएको बताइएको छ। कुल मृत्यु हुनेमध्ये ७० प्रतिशतको ज्यान बचाउन सकिने अध्ययनले देखाएको छ।

    इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) को मृत्यु दरमाथि ग्लोबोक्यान २०२० डेटा प्रयोग गर्दै शोधकर्ताले अध्यनमार्फत समयमै क्यान्सर पत्ता लगाएमा र त्यसको उपचार सुरु गरेमा लाखौंलाई मृत्यु हुनबाट जोगाउन सकिने सुझावसमेत दिएका छन्। त्यस्तै, वार्षिक १५ लाख महिलालाई मृत्यु हुनबाट जोगाउन सकिने पनि शोधकर्ताले बताएका छन्।

    आइएआरसीस्थित क्यान्सर निरीक्षण उपशाखाका प्रमुख प्राध्यापक इसाबेल सोरजोमातरमका अनुसार महिलालाई बढी स्तन र गर्भाशयमा क्यान्सर हुन्छ। त्यस्तै वार्षिक ७० वर्षभन्दा कम उमेरका ३ लाख जना महिलाको फोक्सोको क्यान्सरबाट मृत्यु हुन्छ। यसबाहेक डेढ लाखभन्दा बढी महिलाको मृत्यु कोलोरेक्ट क्यान्सरबाट भइरहेको प्राध्यापक इसाबेलको भनाइ छ।

    केही दशकयता उच्च आयस्रोत भएका देशका महिलामा फोक्सोको क्यान्सरबाट हुने मृत्युभन्दा स्तनक्यान्सरबाट हुने मृत्युको संख्या बढी छ।

    साथै, अध्ययनमा महिलामा क्यान्सरको कारण र जोखिमबारे अधिक जाँच गर्नुपर्ने बताइएको छ। यस्तो जोखिम पुरुषको तुलनामा कम मानिन्छ। त्यसैगरी, महिलाले प्रयोग गर्ने उत्पादन, जस्तै, स्तन प्रत्यारोपण, छाला नरमे बनाउने तथा कपालमा प्रयोग गर्ने उत्पादनले पनि क्यान्सर बढाउन मद्दत गर्ने अध्ययनमा उल्लेख छ।

    ल्यान्सेट कमिसनको नयाँ रिपोर्टमा लैगिंक असमानता र भेदभावले पनि महिलालाई क्यान्सरको जोखिमबाट बच्ने अधिकार र अवसरलाई प्रभावित पार्ने उल्लेख छ। यसले समयमा परीक्षण गर्ने र रेखदेख गर्नमा बाधा पुर्याउनेसमेत बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.