• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सातौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक


  •    अभियान हाम्रो/ बिहिबार, साउन २५, २०८०  

  • पोखरा  साउन
    सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार एक कार्यक्रमको आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।
    अर्वाड कार्यक्रमको लागि २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च गरेर १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । कोषाध्यक्ष कविता घर्ती मगरले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको थियो ।
    मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरियो । अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले जोड दिए । मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरी, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, निवर्तमान महासचिव बिजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, विजय नेपाली लगायतले पोखरा स्पोट्र्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका थिए ।
    मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मञ्चको स्थापना दिवस र सातौं पोखरा स्पोर्ट्स अवार्डका सम्बन्धमा बोलेका थिए ।
    सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेकी थिइन । अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारेंका थिए । लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो ।
    अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको थियो । यसैगरी पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, कमारु ट्रेडिङ (केल्मी), टेल्जि नेपाल, तमु धिं युके, सहारा युके, सुपर मादी हाइड्रो कम्पनी, नेपाल पर्यटन बोर्ड, मझेरी रिर्सोट एण्ड स्पा, सहारा क्लब पोखरा, ह्यूस्टन एजुकेशन, टाईगर गुप्र अफ पोखरा नेपाल, स्व.सेनानी हेमबहादुर पुनको परिवार, सिटिजन फर्निचर ट्रेड लिंक, परिचय एड्भर्टाइजिङ, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट, भूतपूर्व खेलाडी मञ्च, साइमन पार्टी प्यालेस, रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, सिर्जना विकास केन्द्रले अवार्ड कार्यक्रममा सहयोग गरेका थिए ।
    यसैगरी तमानखोला गाउँपालिका, आभ्या क्लब, बतास अर्गनाइजेसन, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, आँगन स्विट्स न्युरोड, यति एयरलाइन्स, पोखरा महानगरपालिका वडा नं.३, निसिखोला गाउँपालिका, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ,सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली, सहारा हङकङ, नेपाल टेलिकम पोखरा, कास्की जिल्ला टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, पब्लिक फोर के टेलिभिजन, सरुमा चुलो, वल्ड लिंक, होटल बाराही, अटोवेज प्रालि, क्लासिक चुलो, नेपाल औषधी व्यसायी संघ कास्की, कर्मचार्य ट्रेडिङ कोसेली तेल, युनाइटेड क्लब, नेपाल मुआथाई संघ गण्डकी, हाम्रो हस्तकला काठमाण्डौं, पोखरा महानगरपालिका वडा नं.१२ र १५, ओम बुद्ध नर्सरी, नेपाल हवाई खेलकुद संस्था, पोखरा महानगरपालिका वडा नं. ४ र ९, पश्चिमाञ्चल सामुदायिक अस्पताल, प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार सुनिल गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, हाम्रो सोफा होम एण्ड इलेक्ट्रिक्स, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, बगर भाइखल, बिजी ट्रेड लिंक, फुडमाण्डु, रुपाकोट सुनचाँदी पसल, नेपाल आयल मिल, एसके साउण्ड एण्ड म्युजिक पोखरा लगायतले समेत अवार्ड कार्यक्रममा सघाएको मञ्चले जनाएको छ ।
    मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै २०७५ सालमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.