• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दलितबस्तीमा खानेपानीको समस्या,स्थानीयहरु खोलाको पानी पिउन बाध्य

"सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य "

  •    अभियन हाम्रो / बिहिबार, साउन ११, २०८०  

  • सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका छन् ।सदरमुकाम खलंगामा जोडिएको स्कीम नम्बर १ को मालभेला क्षेत्रमा खानेपानीको लाइन भत्किएपछि अहिले लास्कुबस्तीका दलित समुदाय खोलाको पानी पिउन बाध्य भएका हुन् ।

    निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा यहाँका पाँच दलित परिवारले दुई सातादेखि खोलाको दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानी जोडिएको ठाउँमा पाइप अवरुद्ध भएपछि यो ठाउँमा खानेपानी आाएको छैन् । धारामा पानी नआएपछि दुई सातादेखि लास्कु खोला भएर बग्ने दुषित पानी पिउन बाध्य भएको स्थानीय भागरथी लावडले बताउनु भयो ।

    पानी पाइप बनाइ दिन पटकपटक अनुरोध गर्दा पनि अहिलेसम्म घरको धारामा पानी आएको छैन् अमर पार्कीले भन्नु भयो, खोलाको पानी खाँदा बालबालिकामा समेत झाडापखाला रुघाखोकी लागेको छ । धारामा पानी आउँदैन्, नजिक पानीको मुहान नभएपछि त्यही खोलामा आएको पानी ल्याएर खाने गरेका छौँ ।मालबेला क्षेत्रमा  वर्षायाममा जहिल्यै खानेपानी अवरुद्ध हुने गरेको छ । यस्तै अवस्था रह्यो भने वर्खाको बेला कसरी पानी खाने भन्ने चिन्ता छ, छन्ना तिंकरी कन्या माविमा अध्ययनरत सरीता पार्कीले भन्नु भयो ।

    photo20230727darchula (2)

    खानेपानी बनाउन कोहिँ आउँदैनन् । हाम्रो पानीको समस्या बारे थोरै परिवार भएका कारणले चासो दिएका छैनन् । बढि परिवार भएको भए यहि बजार क्षेत्रमा मान्छे बनाइ हाल्थे, हाम्रो समस्या माथि पु¥याइ दिने कोहि नहुँदा खानेपानी पिउनबाट वञ्चित भएका छौँ । नागरिकलाई सुद्ध खानेपानी दिनु पर्ने संविधानमा मौलिक हक भए पनि यहाँका दलित समुदायका नागरिकले दुई सातादेखि खोलाको दुषित पानी पिउनु परेको स्थानीयको गुनासो छ ।

    बाढीपहिरोले खानेपानीको मुख्य लाइन बगाउँदा क्षति पु¥याएकाले  खानेपानीको समस्या आएको खलंगा खानेपानी स्कीम नम्बर १ का पलम्बर नरेन्द्र कामीले बताउनु भयो । खानेपानी समस्याबारे कार्यालयलाई जानकारी गरिएको छ, उहाँले भन्नु भयो, दुई तीन दिनभित्र समान ल्याएर समस्या समाधान गर्ने तयारी छ ।

    नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भए पनि सदरमुकाम खलंगा नजिकका दलित समुदायका नागरिकले भने दुषित पानी पिउन बाध्य छन् ।महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर चुनाराले खानेपानी समस्या समाधान गर्न खानेपानी निर्माण समितिलाई चाडो भन्दा चाडो खानेपानी समस्या समाधान गर्न आग्रह गरेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.