• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लक्ष्यभन्दा बढी मुद्दा फैसला गरे जिल्ला अदालतले

"काठमाडौं पछि सबैभन्दा बढी मुद्दाको चाप रहेको सप्तरी जिल्ला अदालतले १० वर्षको अवधिमा गत आर्थिक वर्ष सबैभन्दा बढी तथा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । "

  •    अभियन हाम्रो / आइतबार, साउन ०७, २०८०  

  • काठमाडौं पछि सबैभन्दा बढी मुद्दाको चाप रहेको सप्तरी जिल्ला अदालतले १० वर्षको अवधिमा गत आर्थिक वर्ष सबैभन्दा बढी तथा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ ।

    जिल्ला अदालतले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ हजार ७७६ मुद्दा फर्स्यौट गरेको छ । गत आर्थिक वर्षमा ५ हजार ६ सय ३० मुद्दा फर्स्यौटको लक्ष्य लिएकोमा त्यो भन्दा १ सय ४६ बढी मुद्दा फर्स्यौट गरेको जिल्ला अदालतले जनाएको छ । अदालतका अनुसार विगत १० वर्ष अवधिको तुलनात्मक अध्ययन गर्दा आर्थिक वर्ष २०७९/८० मा मुद्दा फर्स्यौटको प्रतिशत सबैभन्दा बढी ६५ दशमलव १५ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०७०/७१ मा ५ हजार ९ सय १३ मध्ये २ हजार ९ सय ८२ अर्थात ५० दशमलव ४३ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा ६ हजार ६ सय ३८ मध्ये ४ हजार २ सय ७४ अर्थात ६४ दशमलव ३९ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा ५ हजार ३ सय ८५ मध्ये २ हजार ६ सय ५ अर्थात ४८ दशमलव ३८ प्रतिशतमुद्दा फर्स्यौट भएको थियो । यस्तै आर्थिक वर्ष २०७३/७४ मा ६ हजार ३ सय ८२ मध्ये ३ हजार २४ अर्थात ४७ दशमलव ३८ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ६ सय ५८ मध्ये २ हजार ३ सय २४ अर्थात ३४ दशमलव ९१ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ८ हजार १ सय ९ मध्ये ३ हजार ९ सय २७ अर्थात ४८ दशमलव ४२ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो ।

    यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ७ सय ४३ मध्ये २ हजार ४ सय ७३ अर्थात ३६ दशमलव ६७ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ४ सय ३२ मध्ये ३ हजार ३६ अर्थात ४० दशमलव ८५ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ८ हजार ६ सय ९८ मध्ये ४ हजार १ सय ३२ अर्थात ४७ दशमलव ५० प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ८ हजार ८ सय ६५ मध्ये ५ हजार ७ सय ७६ मुद्दा फर्स्यौट हुँदा ६५ दशमलव १५ प्रतिशत सफलता प्राप्त भएको जिल्ला अदालतका प्रमुख न्यायाधीश हेमन्त रावलले बताउनु भयो । पुरानो जिम्मेवारी सरी आएको ४ हजार ५ सय ६६ र आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ४ हजार २ सय ९९ गरी ८ हजार ८ सय ६५ मुद्दाको लगत अदालतमा रहेको थियो ।

    जिम्मेवारी सरी आएको मध्ये ३ हजार ४ सय ५७ थान मुद्दा फर्स्यौटको लक्ष्य लिएकोमा ३ हजार ७ सय ६० थान तथा आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका मध्ये २ हजार १ सय ७३ थान मुद्दा फर्स्यौटको लक्ष्य लिएकोमा २ हजार १६ थान मुद्दा फर्स्यौट भएको हो । प्रमुख जिल्ला न्यायाधीश रावलका अनुसार लक्ष्यको आधारमा १ सय २ दशमलव ५९ प्रतिशत मुद्दा फर्स्यौट भएको हो । मुद्दा फर्स्यौट एवं कार्यान्वयनका क्रममा गत वर्ष ८ सय ९ वर्ष ६ महिना ५ दिनको कैद असुल गरिएको अदालतले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त आर्थिक वर्षमा ४ हजार १ सय ६८ वर्ष ६ महिना २० दिनको कैद असुल गर्नुपर्ने लगत रहेको थियो । अदालतका तहसिलदार भोलानाथ धमलाका अनुसार जरिवाना तर्फ १ करोड १९ लाख २३ हजार ८४७ रुपियाँ असुल भएको छ । जरिवाना तर्फ ६ करोड ५० लाख ७६ हजार ९ सय ९१ रुपियाँ असुल गर्न अझै बाँकी रहन गएको छ ।

    प्रमुख जिल्ला न्यायाधीश रावलले ८/९ वर्ष पुराना मुद्दाहरू समेत छिनिएको जानकारी दिनुहुँदै २ वर्ष नाघेका १ हजार ८ सय ५० मुद्दा फर्स्यौट भएको बताउनु भयो । इन्सेक अनलाइन मा ०७९ पुस २७ गते “फैसलामा सुस्तताले मुद्दाको चाङसँगै बढ्यो सन्ताप र अन्यौलता” तथा ०७९ माघ १८ गते “आठ वर्षदेखि धाउँदै अदालत” शिर्षकमा विस्तृत समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनको ६ दिनपछि ०७९ माघ २३ गते उक्त मुद्दामा ८ वर्षपछि जन्म कैदको फैसला भएको थियो । समाचार प्रभावले ठूलो सङ्ख्यामा मुद्दा फैसला हुँदा २ वर्ष नाघेका १ सय २४ थान मुद्दा मात्र बाँकी रहेको छ । २ वर्ष नाघेका पुराना ९ सय ७९ र गत वर्षका ९ सय ९५ गरी १ हजार ९ सय ७४ मुद्दाको लगत रहेको थियो । जसमा बालबालिका सम्बन्धी पुराना ८३ र नयाँ दर्ता भएका १८ गरी १ सय १ मुद्दा रहेकोमा ९३ ओटा फर्स्यौट हुँदा आठ ओटा मात्र बाँकी रहेको छ ।

    फर्स्यौटमा लक्ष्य भन्दा बढी पूरा गरेपनि नयाँ दर्ताको चाप बढी रहेकोले चालु वर्षका लागि ३ हजार ८९ थान मुद्दाको जिम्मेवारी चालु वर्षका लागि सरेको अदालतले जनाएको छ । पुराना ८ सय ६ र गत वर्ष दर्ता भएको २ हजार २ सय ८३ गरी ३ हजार ८९ मुद्दा चालु वर्षका लागि सरेको हो । तथापि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षका लागि १ हजार ४ सय ७७ थान मुद्दा कम जिम्मेवारी सरेको छ । गत वर्ष ४ हजार ५ सय ६६ थान मुद्दाको जिम्मेवारी सरी आएको थियो । कुल मुद्दाका आधारमा ६५ दशमलव १५ प्रतिशत मुद्दा फर्स्यौट गरेको अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मध्ये १ सय ८ दशमलव ७६ प्रतिशत र नयाँ दर्ता भएकोबाट ९२ दशमलव ७७ प्रतिशत मुद्दा फैसला भएको श्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.