सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकको शून्य समयमा बोल्दै नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुकुम्बासी बस्तीमा डोजर लगाउने, संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश सिफारिसलगायतमा सरकारी कार्यशैली लोकतन्त्रविपरीत भएको भन्दै सरकारको जवाफ माग गरेका हुन् ।
‘सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको छ । डोजर आतंक देखाइएको छ । इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?,’ उनले प्रश्न गरे ।
दुलालले ‘रुल अफ ल’को नारा दिएर बनेको सरकारले रुल बाहिर गएर सत्ता चलाइरहेको भन्दै यो लोकतन्त्रको उन्नततर्फको पाइला हो वा निरंकुशतातर्फ गएको हो भन्दै प्रश्न गरे ।
उनले संवैधानिक परिषद्मा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य वा सहमतिको औचित्य लोकतन्त्रमा हुँदैन भन्दै संवैधानिक अदालतलाई चुनौती दिनेगरी निर्णय भएको भन्दै आफ्नो दलले जवाफ मागेको बताए ।








