अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द गरिएको छ । भेन्स यसै महिनामा दोस्रो पटक पाकिस्तान जाने तयारीमा थिए ।
उनी बुधबार त्यहाँ पुगेर इरानी अधिकारीहरूसँग शान्ति वार्तालाई अन्तिम रूप दिने प्रयास गर्ने योजनामा रहेको खबर आएको थियो । तर ह्वाइट हाउसले भान्सको आसन्न भ्रमण रद्द भएको पुष्टि गरेको छ ।
अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार, अब प्रत्यक्ष भेटघाटसम्बन्धी कुनै पनि नयाँ जानकारी भए ह्वाइट हाउसले पछि सार्वजनिक गर्नेछ । इरानले पाकिस्तानमा कुनै टोली नपठाएपछि अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण पनि रोकिएको हो ।
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानीच जारी युद्धविराम अनिश्चितकालसम्म लम्ब्याउन सहमति जनाएको घोषणा गरेकै समयमा यो खबर आएको हो ।








