जाजरकोटमा ७८ बर्षिय बृद्धकाे करणी गरी हत्या भएको छ । जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर ९ राजिकाेट चल्लाेपाेलेकि बृद्ध बिर्मि बस्नेतकाे करणी गरि हत्या भएको हाे ।हत्या गर्ने साे नगरपालिका साेही वडा शेराखहरेका ४५ बर्षिय पुर्ण सार्की (कुवाकाे घुँइटाे ) उपनाम गरेका हुन ।
घटना शुक्रबार मंसिर १ गते राति ११ बज्जे आशे बस्नेतकाे घरमा भएको हाे ।करणी गर्ने ब्यक्ति आशे बस्नेतकाे घरमा मादक पदार्थ सेवन गरि पाहुना आएका थिए । पाहुना आएका पुर्ण सार्कीले साेही राति बिर्मि बस्नेतलाई करणी गरेर टाउकामा हँसियाले प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
आफन्तकाे सहयोग घाइते बिर्मि बस्नेतकाे उपचार कर्णाली प्रदेश अस्पताल सुर्खेत मा भइरहेको थियो ।टाउकामा गम्भीर चाेट लागेकाले उपचार गर्ने क्रममा साेकाे मंसिर ७ गते बेलुका ५ बजे मृत्यु भएको हाे ।
करणी गर्ने पुर्ण सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटका सुचना अधिकारी माधव बि कले जनाएका छन ।
(स्वाभिमान खबरमा उल्लेख गरियको छ )








